हेटौडाका वडा अध्यक्षमाथि कार्यकक्षमै हातपात

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, २० : ०१
हेटौडाका वडा अध्यक्षमाथि कार्यकक्षमै हातपात

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ।

नेकपा एमालेका सचिव समेत रहेका वडाध्यक्ष सिग्देलमाथि सानु लामा दोङले कार्यकक्षमा नै हातपात गरेका हुन्। दोङले आफु माथी हातपात गरेको भन्दै वडाध्यक्ष सिग्देलले लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन् ।

वडा अध्यक्ष सिग्देलले आफूमाथि हातपात गरेको भन्दै कारवाहीको माग गरेपछि प्रहरीले दोङको घरमा छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार एमालेकै जिल्ला सदस्यसमेत रहेका दोङको खोजी कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस