छोरीलाई बचाईदिन बाबु नारायण लामिछानेको अपिल

मंगलबार, २९ जेठ २०७५, १९ : २२
छोरीलाई बचाईदिन बाबु नारायण लामिछानेको अपिल

ब्लड क्यान्सर रोगका कारण भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बालिकाको उपचारको लागि सहयोग जुट्न थालेको छ ।
चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ माधवपुर घर भएकी ८ वर्षीया बालिका सिरिषा लामिछानेलाई ब्लड क्यान्सर देखिएपछि विगत तीन हप्तादेखि उनको नियमित उपचार भइरहेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार खर्च जुटाउन नसकेर आर्थिक सहयोग गर्न आग्रह गरेका थिए ।
सिरिषा लामीछानेको उपचारमा सहज गराउन लागि हिमालयन बैंक लिमिटेडको नारायणगढ शाखामा खाता खोली सहयोग गर्न आग्रह गरीएको थियो ।  चार सातादेखी  उपचाररत वालिकालाई मंगलवार रत्ननगरको दिग्दर्शन युवा क्लबले संकलन गरेको रु ३१, हजार १ सय ७५ हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष बालकृष्ण पोखरेल, सल्लाहकार अमृत लामिछाने, सचिब भोजराज लामिछाने तथा सदस्य दिपक लामिछाने द्वारा संयुक्त रुपमा बिरामीका बुबा नारायण लामिछानेलाइ हस्तान्तरण गरिएको छ । मंगलवार नै रत्ननगरको अन्नपुर्ण टोलले संंकलन गरेको रु ५० हजार हस्तान्तरण गरीएको क्लवका अध्यक्ष होम प्रसाद भट्टले जानकारी दिए ।


उनको उपचारको लागी वैदेशीक रोजगारीमा रहेका युवाहरुले पनि सहयोग गरीरहेको बिरामीका बुबा नारायण लामिछाने जानकारी दिए । मंगलवार नै साउदी अरेवियावाट अर्जुन सापकोटाको पहलमा संकलन गरीएको रु ६९ हजार ४ सय ६५ रुपैया विरामीलाई हस्तान्तरण गरीएको छ । उनलाई अहिले सहयोज जुट्ने क्रम बढीरहेको विरामीको ठुलीआमा सिता लामीछानेले वताईन् । यसअघि पनि उनलाई आधारभुत विद्यालय माधवपुरवाट ११ हजार ५ सय, हरी लामीछाने तथा रामचन्द्र लामीछानेवाट संयुक्त रुपमा (हाल जापान) १० हजार, रमा भट्टराईवाट ११ हजार ५ सय, सञ्जय विक (हाल कतार) २ हजार, सहयोग प्राप्त भएको छ ।
रमेश सिंखडावाट २० हजार २१ रुपैया, मधुसुदन धरेलवाट ३० हजार रुपैया, हिरा रोक्का तथा सुमन सापकोटावाट –हाल अष्टे«लिया) १० हजार सहयोग भएको छ । बालिकाको उपचारको लागि हालसम्म चार लाख रुपैयाँ खर्च भइसकेको र अझै कम्तीमा पनि २५ लाख रुपैयाँ खर्च हुने चिकिसत्कहरुको भनाइ रहेको छ ।
सिरिषाको उपचारको लागि सामाजिक सञ्जाल फेसबुक मार्फत समेत सिरिषा लामिछाने बचाउ अभियान सुरु गरीएको छ । सिरिषाको उपचारको लागि हिमालयन बैंक लिमिटेडको नारायणगढ शाखामा रहेको सिरिषा लामिछानेको खाता नम्बर ००८०७३५३५६००१९, तथा बाबुको टेलिफोन नम्बर  ९८०८१५९२६२ मा फोन गरी आर्थीक सहयोग गरिदिन  परिवारले आग्रह गरेको छ ।

मेरो छोरी बचाईदिनुस्ः बाबु नारायण
म वैदेशिक रोजगारीको शिलशिलामा ७ बर्षदेखी वाहिर थिए । मेरो छोरीको अभिभावक भनेकै ठुलो वा, र ठुलीआमा हो ।  अहिले मेरै बा पनि उच्च रक्तचापका कारण भरतपुर अस्पतालमा उपचारार्थ हुनुहुन्छ । सिरिषाको ममीले पनि उनलाई छोडेर गईन् । गहभरी आँशु पार्दै सुनाए, यहि छोरीको मुख हेर्दै बसेको थिए, छोरीलाई पनि ब्लड क्यान्सर भयो । म २ साताअघि छोरीको खवर सुनेर नेपाल आएको हुँ । विदेश बसेको धेरै भएपनि मैले महिनामा २०÷३० हजारभन्दा कमाउन सकेको थिईन् । अहिले छोरीको यो अवस्था देखेर दुखी छु । सिरिषाको उपचारको लागी भारत लैजाने हो भने ५० लाख लाग्छ भनेको छ । म संग यत्तिका कमक छैन ।  डाक्टरले त सान्त्वना दिन्छन् तर के गर्नु छोरीको अवस्था देखेर रातभर सुत्न सक्दिन । अहिले उनको अवस्था पहिलेको भन्दा झन् नाजुक बन्दै गएको छ । हिजो राती नानीलाई एकासी च्याप्यो मनभरी हुरी चल्यो, सवैमा रुवावासी चल्या, धन्न केही भएन । दिनहुँ मानिसहरु भेट्न आउछन् सहयोग गर्ने वाचा गर्छन्, ठिक हुने आश्वासन दिन्छन्, बाबुको मन कसरी मान्थो र ? आशु झार्दै सुनाए, अव सवै हजुरहरुकै हातमा छ ।
थप जानकारीको लागी बाबु ९८०८१५९२६२

 

प्रतिक्रिया दिनुहोस