महाअभियोग सिफारिस समितिको बैठक जारी

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १६ : ५४
महाअभियोग सिफारिस समितिको बैठक जारी

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगबारे अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बसिरहेको छ । 

जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न संसदले गठन गरेको महाअभियोग सिफारिस समितिको जारी बैठकमा आन्तरिक कार्यविधिमाथि छलफल भइरहेको छ । 

गत १ फागुनमा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर सत्तारुढ दलका सांसदले महाभियोग दर्ता गरेका थिए । 

प्रतिक्रिया दिनुहोस