बनेपामा बन्दकर्तालाई निर्घात कुटेर स्थानीयले प्रहरीलाई जिम्मा लगाए

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १६ : ४१
बनेपामा बन्दकर्तालाई निर्घात कुटेर स्थानीयले प्रहरीलाई जिम्मा लगाए

काठमाडौँ  ।  काभ्रेको बनेपामा बन्द गराउँदै हिँडेको आरोपमा एक जनालाई स्थानीयले कुटपिट गरेका छन् ।मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक, सह–चालक, र स्थानीयले ती व्यक्तिलाई कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । पछिल्लो पटक बन्दकर्तामाथिको निर्घात कुटपिट पहिलो घटना हो । 

उनीलाई प्रहरीको जिम्मा लगाइएको छ । पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत रहेका छन् । पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको सार्वजनिक बसमा कालिकोट घर भएका विप्लवका कार्यकर्ता राउतले ढुंगा हानेका थिए । 

ढुंगाले लागेर बसको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । राउत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग आबद्ध रहेको बताइएको छ । यता, विप्लवले भने बन्द कर्तामाथि कुटपिट गर्ने सिभिल प्रहरी रहेको आरोप लगाएको छ । 

प्रतिक्रिया दिनुहोस