बलात्कारको आरोपमा एक युवक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १६ : २७
बलात्कारको आरोपमा एक युवक पक्राउ

काठमाडौँ  । बलात्कारको आरोपमा एक युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा टीकापुर नगरपालिका-७ बेलुवा बस्ने १८ वर्षीय किशोर रहेका छन् । 

११ वर्षीया बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस