भारतका मुख्य प्रशिक्षक राहुल द्रविडलाई कोभिड पोजेटिभ

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १३ : ३०
भारतका मुख्य प्रशिक्षक राहुल द्रविडलाई कोभिड पोजेटिभ

काठमाडौँ  । एसिया कप सुरु हुनु चार दिनअघि भारतीय टिममा संकट देखिएको छ। भारतका मुख्य प्रशिक्षक राहुल द्रविडलाई कोभिड पोजेटिभ देखिएपछि प्रशिक्षण प्रभावित हुने खतरा बढेको हो।

बिसिसिआईका कोषाध्यक्ष अरुण धुमलले द्रविडलाई कोभिड भएको पुष्टि गरे।एसिया कपमा भारतको पहिलो खेल आगामी २८ अगस्टमा पाकिस्तानसँग हुने छ।द्रविड पाकिस्तानसँगको खेलका दौरान रहने या नरहने टुंगो भएको छैन। कोरोना पोजेटिभ भएपछि यसअघि खेलाडी अथवा कोचिङ स्टाफ जसलाई देखिए पनि आइसोलेसनमा राख्ने गरिएको छ।

त्यसैले द्रविड पनि अब सम्भवत: नेगेटिभ रिपोर्ट आएपछि मात्र टिममा आबद्द हुने छन्।द्रविडलाई कोभिड पोजेटिभ देखिए पनि टिमको तालिकामा कुनै परिवर्तन नहुने बिसिसिआईले जनाएको छ।यद्यपि, मुख्य प्रशिक्षकका विषयमा निर्णय हुन भने बाँकी रहेको उसले स्पष्ट पारेको छ। अहिलेसम्म कोच परिवर्तन हुने या नहुने विषयमा केहि उल्लेख गरिएको छैन।

प्रतिक्रिया दिनुहोस