रुपन्देहीको सैनामैनामा शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १३ : २२
रुपन्देहीको सैनामैनामा शंकास्पद वस्तु फेला

रुपन्देही । रुपन्देहीको सैनामैनामा शंकास्पद वस्तु फेला परेको छ । सैनामैना नगरपालिका–११ स्थित कोठी जंगल क्षेत्रअन्तर्गत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो । रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

उक्त वस्तु विस्फोटक पदार्थ हो/होइन भन्ने एकीन गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । मंगलबार चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन् । पश्चिम तराईका जिल्लामा बन्दको आंशिक प्रभाव परेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस