कुल ४४ करोड ९३ लाख ५४ हजार बराबरको १० लाख ६५ हजार ३५२ किलो होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ निर्यात

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १३ : ०७
कुल ४४ करोड ९३ लाख ५४ हजार बराबरको १० लाख ६५ हजार ३५२ किलो होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ निर्यात

काठमाडौँ  । देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विदेशमा निर्यात हुँदै आएको होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थको निर्यात बढेको छ।

वीरगञ्ज भन्सार कार्यालयको तथ्यांक अनुसार उक्त आर्थिक वर्षमा ४४ करोडभन्दा बढीको होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ विदेश निर्यात भएको छ।गत आर्थिक वर्षमा नेपालबाट विदेशमा कुल ४४ करोड ९३ लाख ५४ हजार बराबरको १० लाख ६५ हजार ३५२ किलो होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ निर्यात भएको हो।

यो अघिल्लो आर्थिक वर्ष २०७७/७८ कोभन्दा २३ प्रतिशतले बढी आयात हो। अघिल्लो आर्थिक वर्षमा वीरगञ्ज नाका भएर ३६ करोड ६२ लाख ३२ हजार बराबरको १२ लाख ७५ हजार ४९८ किलो होमियोपेथिक, आयुर्वेदिक र युनानी औषधीका कच्चा पदार्थ विदेश निर्यात भएको भन्सार कार्यालयको तथ्यांकमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस