छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १३ : ०१
छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ  । कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

प्रनाउ जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र०१०११प ३८१६ नंको मोटरसाइकले छाडा गाईलाई ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार शर्मिलाको सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस