लमजुङ । लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ । लमजुङमा मात्रै नभईकन देशभरका भूमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन र स्थायी रुपले बसोबास गराउन लालपूर्जा दिन लागेको हो ।
गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको बेसिशहर नगरपालिका भित्र सुन्दरबजार नगरपालिका, राइनस नगरपालिका रहेका छन् भने गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिका र दोदी गाउँपालिकामा भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलन भइसकेको राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामदोर अधिकारीले बताए । उनकाअनुसार जिल्लामा बाँकी रहेको अन्य नगरपालिका जस्तै बेसिशहर नगरपालिका, मध्य नेपाल नगरपालिकाको लगत संकलन उठाउन बाँकी छ ।
यस्तै गाउँपालिका तर्फ क्वहोलासोथर गाउँपालिका र दुधपोखरी गाउँपालिकाको लगत संकलन उठाउन बाँकी भएकाले भूमिहीन दलित तथा सुकुम्बासीका लागि निवेदन दिन बेसिशहर नगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लमजुङमा श्रमदानबाट रोपाइँ
लमजुङ तल्लो चिप्लाका स्थानीय त्रिपालमुनि
लमजुङमा भूकम्पको धक्का महसुस