फिल्म ‘बुलाकी’को प्रदर्शन मिति हेरफेर

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १२ : ४९
फिल्म ‘बुलाकी’को प्रदर्शन मिति हेरफेर

काठमाडौँ  । सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को प्रदर्शन मिति हेरफेर भएको छ।कात्तिक १८ मा प्रदर्शन हुने घोषणा भएको फिल्म अब फालगुन १९ गते प्रदर्शन हुने भएको निर्माण पक्षले जनाएको छ। फिल्मको निर्माण पक्षले विभिन्न कारणले फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको बताएको छ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यो फिल्ममा जारी प्रथाबारे देखाइएको छ। फिल्मको निर्माण पक्षकाअनुसार फिल्मलाई मुख्यत: जाजरकोट क्षेत्रमा छायांकन गरिएको हो। फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्टलगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा राजबहादुर सानेको रहेको छ भने पटकथा तथा संवादका लागि सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन्। फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस