भाजपा नेतृ तथा अभिनेत्री साेनाली फाेगाटकाे निधन

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १२ : ४०
भाजपा नेतृ तथा अभिनेत्री साेनाली फाेगाटकाे निधन

काठमाडौँ  ।  भारतीय जनता पार्टीकी नेतृ तथा अभिनेत्री साेनाली फाेगाटकाे निधन भएकाे छ।फाेगाटकाे निधन हृदयघातबाट भएकाे बताइएकाे छ। ४२ वर्षीया फाेगाट स्टाफहरूका साथ गाेवा गएकी थिइन्। उनकाे गाेवामै निधन भएकाे हाे।

हरियाणाका मुख्यमन्त्री मनाेहर लाल खट्टरले उनकाे निधनमा दु:ख व्यक्त गरेका छन्हरियाणाकाे पछिल्लाे विधानसभा चुनावमा बिजेपीले फाेगाटलाई कुलदीप बिश्राेईकाे विरुद्ध उठाएकाे थियाे। तर उनले हारेकी थिइन्।

उनले रियालिटी शो बिग बाेस-१४ पनि भाग लिएकी थिइन्।साेनाली टिकटकमा निकै लाेकप्रिय भएकी थिइन् र उनका लाखाैँ फलाेवर्स थिए। भारत सरकारले टिकटक प्रतिबन्ध गरेपछि उनी भाजपामा प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस