नेपालको एकदिवसीय वरियता यथावत

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १२ : ३५
नेपालको एकदिवसीय वरियता यथावत

काठमाडौँ  । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय वरियता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १९ औं स्थानमा यथावत रहेको हो ।नेपालले ३३१ अंक तथा १५ रेटिङ  प्वाइन्ट प्राप्त गरेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय वरियताको शीर्ष स्थानमा न्यूजिल्याण्ड यथावत छ । उसले २ हजार ३५५ अंक र १२४ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ ।

इंग्ल्याण्ड, भारत, पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका, वेस्ट इण्डिज र अफगानिस्तान वरियताको दोस्रोदेखि १० औं स्थानमा छन् ।२० राष्ट्र सहभागी वरीयतामा नेपाल १९ औं स्थानमा रहेको हो । अन्तिम स्थानमा पपुवा न्यूगिनी छ । 

प्रतिक्रिया दिनुहोस