प्रभु बैंकका कर्मचारीहरूले केन्द्रीय कार्यालय अगाडी धर्ना

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १२ : २२
प्रभु बैंकका कर्मचारीहरूले केन्द्रीय कार्यालय अगाडी धर्ना

काठमाडौँ  । आफूहरूमाथि भएको विभेदको अन्त्य गर्नुपर्ने माग गर्दै प्रभु बैंकका कर्मचारीहरूले केन्द्रीय कार्यालय अगाडी धर्ना दिएका छन् ।

मंगलबार काठमाडौँको बिजुलीबजारस्थित कार्यालय अगाडी प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनले आफूहरूमाथिको विभेद अन्त्य गर्नुपर्ने, विभेदकारी पदोन्नति सूचीमा छुटेका सम्पूर्ण कर्मचारीहरूले तुरुन्त पदोन्नति गर्नुपर्ने लगायतका माग राख्दै धर्ना दिएका हुन् ।

उनीहरूले संस्थागत सुशासन कायम गर्नुपर्ने र संस्थागत संस्कृतिको विकास गर्नुपर्ने माग राखेका छन् । युनियनका मागहरू तुरुन्त सम्बोधन नगरे अर्को चरणको आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस