काठमाडौं । काभ्रेको बनेपामा बन्द गराउँदै हिँडेका बन्दकर्तालाई चालक, सहचालक र स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।
आज बिहान बनेपाको चारकुनेमा ढुंगा हानेर गाडी तोडफोड गर्न खोजेपछि स्थानीयले ती युवालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । कुटपिटबाट युवाको कपडा च्यातिएको छ । स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । लगत्तै स्थानीयले प्रहरीको जिम्मा लगाए ।
पक्राउ परेका व्यक्ति चार कम्युनिष्ट पार्टीको मध्ये एक पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ‘पक्राउ परेका व्यक्तिले गाडी तोडफोड गर्न खोजेपनि स्थानीयले नियन्त्रणमा लिएका थिए । हामी पुगेर पक्राउ गरेको हो । ती व्यक्ति बन्दकर्ता दलहरूका कार्यकर्ता रहेछन् ।तर कुन दलको भन्ने खुलिसकेको छैन’, प्रहरीले भने ।
अहिले ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आवह्रान गरेको बन्दको प्रभाव देशैभर सामान्य देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ भदौ २०७९, ११ : ५६
लेखकबाट थप