इस्टर्न हाइड्रोपावरको आइपिओ बिक्री खुला

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, ११ : ३९
इस्टर्न हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडौँ  । इस्टर्न हाइड्रोपावरले मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपिओ बिक्री खुला गरेको छ।

कम्पनीले १ सय अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्काषन गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई उक्त सेयर निष्काषन गरेको हो।स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। यसमा छिटोमा २१ भदौसम्म र ढिलोमा ५ असोजसम्म आइपिओ खुला रहनेछ।

रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपिओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। यो आइपिओमा एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

स्थानीय बासिन्दाले एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरूबाट आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस