अल्लु अर्जुनको फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, ११ : ३६
अल्लु अर्जुनको फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु भएको छ । फिल्म ‘पुष्पा द राइज’ को अपार सफलता पछि निर्माण समूहले फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा द रुल’ को छायांकन सोमबारदेखि सुरु गरेको हो ।

छायांकनअघि मुहूर्त पूजाको आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रिउ सहभागी रहे । फिल्म छायांकन सुचारु गर्ने तेलुगू फिल्म निर्माता संघको घोषणाको भोलिपल्टै ‘पुष्पा २’ को सुटिङ सुरु भएको हो ।

‘पुष्पा’का निर्माताले इन्स्टाग्राममार्फत भारतकै प्रतीक्षित फिल्मको सुटिङ सुरु भएको उल्लेख गरेका छन् । ‘पुष्पा द राइज’ को सफलता पछि, निर्माताहरू ‘पुष्पा द रुल ’ लाई अझ भव्य स्तरमा रिलिज गर्न चाहन्छन् । ‘पुष्पा द रुल ’ आगामी वर्ष डिसेम्बर सम्म बक्स अफिसमा रिलिज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस