नयाँदिल्ली । साउथ सुपरस्टार अल्लु अर्जुन पक्राउ परेका छन् । शुक्रबार हैदरावाद प्रहरीले साउथ सुपरस्टार अल्लुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । चलचित्र ‘पुष्पा–२’ को प्रिमियरको क्रममा भागदौड भएको थियो । भागदौडमा एक महिलाको मृत्यु भएको थियो । यही मामलामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसअघि प्रहरीले यही मामिलामा तीन जना लाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा थिएटर सञ्चालक सन्दीप, थिएटर म्यानेजर नागराजु र बालकनी सुपरभाइजर रहेका छन् ।
जानकारीअनुसार घटनापछि मृतकका परिवारले प्रहरीमा उजुरी दिएका थिए । तीनै जनाविरुद्ध भारतीय न्याय संहिता ऐनको धारा १०५ र ११८ (१) र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटनामा घाइते भएका ९ वर्षीय बालक श्रीतेजको स्वास्थ्यमा सुधार भइरहेको भनिएको छ ।
गएको बुधवार राति हैदरावादको सन्ध्या थिएटर पुष्पा २ को विशेष प्रिमियर थियो । यस कार्यक्रममा फिल्मका मुख्य अभिनेता अल्लु अर्जुन पनि पुगेका थिए । हलबाहिर उनलाई हेर्न भीड जम्मा भएको थियो ।
एक्कासि भागदौड मच्चिँदा रेवती नाम गरेकी एक महिलाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । घाइते हुनेमा रेवतीको ९ वर्षीय छोरा श्रेतेज पनि थिए ।आफ्नो श्रीमती र छोराको अवस्थाको जिम्मेवार अभिनेता अल्लु अर्जुन भएको मृतक महिलाका पतिको भनाइ छ । अभिनेताको टिमले उनी थिएटरमा आउन लागेको कुरा प्रहरीलाई भनेको भए यति ठुलो घटना हुने थिएन भन्ने उनको तर्क छ ।
यो घटनापछि अल्लु अर्जुनले आफ्नो एक्स ह्यान्डलमा भिडियो शेयर गर्दै मृतक महिलाको परिवारलाई २५ लाख भारु सहयोग गर्ने घोषणा गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ मंसिर २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५० हजार धरौटी बुझाएर हिरासत मुक्त भएका अल्लु अर्जुन घर पुग्दा भए भावुक
जेलबाट रिहा भए अल्लु अर्जुन
अल्लु अर्जुन बने भारतका सबैभन्दा महंगा अभिनेता
अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ को टिजर सार्बजनिक हुदैँ