‘प्रेमगीत ३’काे हिन्दी संस्करणका चार रोमान्टिक गीत रिलिज

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १६ : ३६
‘प्रेमगीत ३’काे हिन्दी संस्करणका चार रोमान्टिक गीत रिलिज

काठमाडौं । सन्तोष सेन र स्वर्गिय छेतेन गुरुङको संयुक्त निर्देशन बनेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन् ।जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् ।

‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत छ । ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा खानले स्वर दिएका छन् । ‘तुम प्यार हो’ गीतमा पलक र अंकितको स्वर छ भने ‘मुझे में बस जाना’मा पलक र देवको स्वर छ ।

फिल्म असोज ७ गते नेपाली र हिन्दी भाषामा एकै साथ नेपाल र भारतसहितका देशमा रिलिज हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस