प्युठानमा गाडी दुर्घटना हुँदा १० जना घाइते

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, १६ : २१
प्युठानमा गाडी दुर्घटना हुँदा १० जना घाइते

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका–४ मा आज गाडी (वीङ्गर) दुर्घटना हुँदा चालक सहित १० जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्युठानको बाग्दुला तर्फ जाँदै गरेको लु २ ख ३५६९ नम्बरको वीङ्गर आज बिहान ११ बजे अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो । 

घाइते मध्ये प्युठानको ऐरावती गाउँपालिका–२ बस्ने ज्ञानहरि भुषालका चार वर्षिय छोरा प्रमिसको अवस्था गम्भिर रहेको छ । घाइते ६ जनालाई उपचारको लागी बुटवल पठाइएको छ । तीन जनाको स्थानीय साझा पोलिक्लिनिक र एक जनाको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस