काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सी–आस्वा शुल्क घटाउने तयारी गरेको छ । सेबोनको बसेको सञ्चालक समितिको बैठकमा सी–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको छ ।
सेबोनले सी–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ ।
अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सी–आस्वा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सी–आस्वा शुल्क उठाउँदै आएका छन् । लामो समयदेखि लगानीकर्ताहरुले सी–आस्वा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ भदौ २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रिलायन्स स्पिनिङको आईपीओ असार २७ देखि खुल्ने
वैदेशिक रोजगारीमा गएकालाई असार २७ देखि रिलायन्सको आईपीओ
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट
शुक्रबार बाँडफाँट हुँदै सर्वोत्तमको आइपिओ
सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला
निलगिरी खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने