प्रदीप गिरिको निधनमा उपराष्ट्रपतिबाट शोक व्यक्त

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १४ : ५२
प्रदीप गिरिको निधनमा उपराष्ट्रपतिबाट शोक व्यक्त

काठमाडौं  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । गिरिको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको उनले बताएका छन् । 

गिरि भौतिक रुपमा विदा भए तापनि उनको विचार र देशको लागि पुर्‍याएको योगदानले उनी सधैँ सधैँका लागि बाँचिरहने समेत उपराष्ट्रपतिले बताएका छन् । उपराष्ट्रपति पुनले दिवंगत गिरिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस