शिक्षक सेवा आयोगले सार्वजनिक गर्याे अधुरो कार्यतालिका

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १४ : ३७
शिक्षक सेवा आयोगले सार्वजनिक गर्याे अधुरो कार्यतालिका

काठमाडौं  शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आइतबार आयोगले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक कार्यतालिका अधुरो छ । खुलातर्फ तीनवटै तहको कार्यतालिका अधुरो देखिएको छ । 

तीनवटै तहको विज्ञापन गर्ने र सामान्य परीक्षा सञ्चालन गर्ने मिति तोकिए पनि नतिजा सार्वजनिक हुने, विषयगत परीक्षा सञ्चालन गर्ने, अन्तर्वार्ता तथा सिफारिससम्बन्धी विषय कार्यतालिकामा उल्लेख छैन । साथै, अध्यापन अनुमतिपत्रको नतिजा कहिले सार्वजनिक हुन्छ भन्ने विषय पनि कार्यतालिकामा समावेश छैन । कार्यतालिकाअनुसार तीन तहको खुला विज्ञापन पुस, माग र फागुनमा हुने छ । माध्यमिक तह तृतीय श्रेणीको खुलातर्फको विज्ञापन पुषमा गरी फागुनमा सामान्य परिक्षा सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख छ । 

सामान्य परीक्षाको नतिजा भने २०८० वैशाखमा सार्वजनिक गर्ने कार्यतालिका छ । साथै सोही परीक्षाको विषयगत परिक्षा भने २०८० जेठ/असारमा सञ्चालन गर्ने कार्यतालिका छ । माध्यमिक तृतीय श्रेणीको वस्तुगत परीक्षा कहिले सञ्चालन हुने कार्यतालिकामा उल्लेख छैन । 

निम्न माध्यमिक तह तृतीय श्रेणीको विज्ञापन माघमा गरी चैत्रमा सामान्य परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । प्राथमिक तह तृतीय श्रेणीको विज्ञापन फागुनमा गरी वैशाखमा सामान्य परीक्षा सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । 

निम्न माध्यमिक तह र प्राथमिक तहको सामान्य परीक्षाको नतिजा सार्वजनिक गर्ने, विषयगत परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गर्नेबारेमा आयोगले कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस