बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरीको निधनप्रति दुःख व्यक्त

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १४ : २४
बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरीको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदीप गिरीको निधन दुःखद । उनी नेपाली राजनीतिका दार्शनिक तथा समाजवादी विचारक थिए,’ नितिश कुमारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘उनले सबै राजनीतिक दलबाट आदर र सम्मान प्राप्त गरेका थिए ।’कांग्रेस नेता गिरीको निधन शनिबार राति भएको हो ।

प्रतिक्रिया दिनुहोस