सिटी र न्युक्यासल भिड्दै

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, १४ : २१
सिटी र न्युक्यासल भिड्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार तीन खेल हुँदैछन् पहिलो खेलमा चेल्सीले लिड्स युनाईटेडको सामना गर्दैछ । यस्तै, वेष्ट ह्याम युनाईटेडले ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल पौने सात बजे सुरु हुनेछ ।

यता, साविक विजेता म्यानचेष्टर सिटीले न्युक्यासल युनाइटेडको भ्रमण गर्दै छ । खेल राति सवा ९ बजे सुरु हुनेछ ।लिगको तेस्रो चरणमा सिटी सत प्रतिशत जित यात्रालाई निरन्तर दिन चाहन्छ । पेप ग्वार्डिओलाको सिटीले दुई खेलमा ६ अंक जोडेको ।यता, न्युक्यासल समेत आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ । उ घरेलु मैदानमा बलियो मानेको सिटीलाई स्तब्ध बनाउने रणनीतिमा छ ।

जारी लिगका तीन खेलमा सत प्रतिशत जित सहित आर्सनल शीर्षस्थानमा छ । ७ अंक जोडेको टोटनहम दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस