एजेन्सी । पूर्वी अफ्रिकी देश सोमालियाको अतिवादी समूह अल–शबाबले राजधानी मोगादिसुको एउटा होटल कब्जा गरेको छ । प्रहरीका अनुसार आक्रमणकारीले होटलमा प्रवेश गर्नुअघि भवन बाहिर दुईवटा ठूला विस्फोट गराए र गोली चलाउन थाले ।
अल–शबाबले आफ्नो बयानमा होटल कम्प्लेक्स आफ्नो कब्जामा लिएको दाबी गरेको छ । उनीहरुले ‘सबैलाई गोली हान्यौँ’ पनि भनेका छन् । मोगादिसुको एम्बुलेन्स सेवाका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई आक्रमणमा ११ जनाको मृत्युभएको र उनीहरुलाई होटलबाट बाहिर निकालिएको जानकारी दिएको छ ।
अप्रमाणित भिडियो र फोटोहरू सामाजिक सञ्जालमा बढ्दो रूपमा शेयर भइरहेका छन्, जसमा होटलबाट धुवाँ र ठूलो विस्फोटको आवाज सुन्न सकिन्छ । ‘द हयात’ नाम दिइएको यो होटल मोगादिसुको लोकप्रिय गन्तव्य हो, जहाँ संघीय सरकारी कर्मचारीहरू प्रायः भेट्छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०४ भदौ २०७९, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोमालियाको समुद्र तटमा गरिएको आक्रमणमा ३२ जनाको मृत्यु