अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रचण्डको प्रतिबद्धता

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १४ : ००
अस्थायी, करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारी अस्थायी,  करार र ज्यालादारी कर्मचारीको माग पूरा गराउने प्रतिबद्धता जनाएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले संघको माग पूरा गराउने विषयमा आफू सकारात्मक रहेको बताएका हुन् । 

अस्थायी,  करार र ज्यालादारी कर्मचारीले आफूहरूलाई स्वतः स्थायी गरिनुपर्ने लगायतका माग पूरा गराउने विषयमा आफू प्रतिबद्ध रहेको प्रचण्डको भनाइ छ । 

श्रमिकको हकहित र सामाजिक न्याय तथा उनीहरूको आत्मसम्मानका लागि आफूहरूले धेरै संघर्ष र बलिदान गरेको भन्दै उनले सामाजिक न्याय र सुरक्षाका लागि आवश्यकताका आधारमा संविधानलाई परिमार्जन र विकसित गर्नुपर्ने प्रचण्डको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस