काठमाडौं । नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशन गरेको आठ महिनापछि पदाधिकारी टुंगो आज लगाउँदैछ । माओवादी पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज बस्ने स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाउनेछ। बैठक दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारीको बारेमा निर्णय लिन केही समय मागेका थिए । स्रोतका अनुसार महासचिवमा देव गुरुङको संभावना बढेको छ।माओवादी स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी टुंगो लगाइने यसअघि महासचिवको चर्चामा रहेका नेताद्वय वर्षमान पुन र जनार्दन शर्मालाई भने उपाध्यक्ष बनाउने तयारी भएको माओवादी स्रोतले जनाएको छ ।
त्यस्तै, कृष्णबहादुर महरा, मातृका यादव र पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाउनेगरी प्रचण्डले तयारी गरेका छन। वरिष्ठ उपाध्यक्षमा यसअघि नै नारायणकाजी श्रेष्ठलाई प्रचण्डले घोषणा गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ भदौ २०७९, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीमा आर्थिक पारदर्शीता अभियान शुरु
यी हुन् माओवादीका ७७ जिल्ला इन्चार्ज (नामावलीसहित)
फागुन १२ देखि तराई मधेश जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै