काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ। आज बुधबार बिहान ८ बजेका लागि बोलाइएको बैठक दिउँसोको १ बजेका लागि सरेको हो।
नेताहरू आन्तरिक छलफलमा जुटेकाले बैठक सरेको पार्टी निकट स्राेतले जनाएकाे छ। आजकाे बैठकमा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमले माओवादीकाे चुनाव चिह्न प्रयाेग गर्ने भएपछि राखेका शर्तबारे छलफलकाे तयारी थियाे।
यसअघि मंगलबार (हिजाे) बसेकाे माओवादीकाे बैठकले बाबुराम र बामदेवलाई माओवादीको चुनाव चिह्नबाट आउँदो चुनाव लड्न दिने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ भदौ २०७९, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
प्रतिपक्षको भूमिकालाई अवसरका रूपमा लिन्छौँ : सचिव शाक्य
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्यो
वर्तमान सरकार असफल भइसक्यो : अग्निप्रसाद सापकोटा