बाँकेमा दश लाख बराबरको यार्सागुम्बा बरामद

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १२ : ११
बाँकेमा दश लाख बराबरको यार्सागुम्बा बरामद

बाँके । बाँकेको जानकी गाँउपालिका–१ पंचपोखरा इलाकाबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको चार सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । 

अवैध रूपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले सोमबार बरामद गरेको हो । सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडी भागेका थिए ।

बरामद यार्सागुम्बा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस