आजको विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, ११ : ४४
आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।

त्यस्तै युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ३७ पैसा र बिक्री दर १५४ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ३६ पैसा र बिक्री दर ८९ रुपैयाँ ७८ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ९८ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५३ पैसा र बिक्री दर ९ रुपैयाँ ५८ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७९ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७४ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस