काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकता राष्ट्रिय अभियानलाई पनि चुनाव चिह्न प्रयोग गर्न दिन सहमत भएकाे छ।
यसअघि नेपाल समाजवादी पार्टी(नेसपा)लाई चुनाव चिह्न(हँसिया हथाैडा) प्रयोग गर्न दिन सहमत भएकाे माओवादी नेकपा एकता राष्ट्रिय अभियानका संयाेजक बामदेव गाैतमलाई पनि दिन तयार भएकाे हाे।आज मंगलबार बसेकाे पार्टीकाे स्थायी कमिटी बैठकले गौतमलाई पनि संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको पार्टी निकट स्राेतले जानकारी दिएकाे छ।
यता नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलाई चुनाव चिन्ह्न दिने साेमबार सहमति भएसँगै आज निर्वाचन आयाेगमा दल दर्ताका लागि जाने तयारी थियाे।निर्वाचनकाे लागि दल दर्ता गर्न आयाेगले साउन ३१ गते अर्थात् आजलाई नै अन्तिमदिन ताेकेकाे छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ साउन २०७९, ११ : १७
लेखकबाट थप