१३ नम्बर ब्रोकरलाई धितोपत्र बोर्डले गर्यो कारबाही

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, ११ : १४
१३ नम्बर ब्रोकरलाई धितोपत्र बोर्डले गर्यो कारबाही

काठमाडौं । नेपालको सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लिलाई कारबाही गरेको छ । बोर्डले धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउस प्रा. लि (ब्रोकर नंं. ११) लाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

काठमाडौंको नक्साल स्थित रहेको उक्त ब्रोकरलाई धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम सो मात्राको जरिवाना गरेको जानकारी गराएको हो ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा “धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ” भन्ने व्यवस्था रहेको छ । धितोपत्र दलाल व्यवसायी थ्राईभ ब्रोकरेज हाउसले भने उक्त व्यवस्था विपरित तनहुँ जिल्लास्थित व्यास नगरपालिका वडा नं. २, दमौलीमा शाखा कार्यालय स्थापना गरेको पाइएको हुदाँ सो कारण उक्त ब्रोकर कारवाहीमा परेको हो ।
 

प्रतिक्रिया दिनुहोस