क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १० : ५९
क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार नगर्न अनुरोध गरेको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दैे क्रिप्टोकरेन्सी तथा बिटक्वाइन कारोबार नगर्न आग्रह गरेको हो ।

यस्ता कारोबारले कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र यस बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा यो पूर्ण रुपमा गैरकानुनी रहेको राष्ट्र बैंकले जानकारी गराएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा ’नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले कुनै पनि प्रकारका यस्ता कारोबार गरे÷गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्ने÷गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने छ,’ उल्लेख गरीएको छ ।

यस विषयमा २०७४ साउन २९ गते, २०७८ भदौ २४ र गत माघ ९ गते सूचना जारी गरेर कारोबार नगर्न भनि सकेको छ ।

प्रतिक्रिया दिनुहोस