काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई असफल बनाउने काम गर्न नहुने– अध्यक्ष थापा

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १० : ५१
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई असफल बनाउने काम गर्न नहुने– अध्यक्ष थापा

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी लेख्दै थापाले फोहोरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्।

उनले बालेन केही गरौँ भन्ने सोच भएका व्यक्ति भएका र फोहोरमैला व्यवस्थापन उनको ठूलो चुनौति रहेको बताएका छन्। 'त्यसबारे उहाँले एक वर्षभित्र दीर्घकालीन समाधान खोज्नुपर्छ।  विगतमा झैं सबैले हरसम्भव सहयोग गर्नुपर्छ। फोहोरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस