एजेन्सी । अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने भारतलाई प्रतिबन्ध लगाएको हो।
संघको चुनाव विगत दुई वर्षदेखि हुन सकेको छैन। अहिले एआइएफएफको विभिन्न मुद्दा अदालतमा छन्। तर, स्वतन्त्र चुनाव नभएपछि फिफाले प्रतिबन्ध लगाएको हो।
प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्नेछ। यसअघि दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३१ साउन २०७९, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष नेपाल आउने