विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष नेपाल आउने

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १० : १९
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष नेपाल आउने

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल आउने भएका छन् ।

नेपालमा बाढीपहरोमा परेर अखिल नेपाल फुटबल संघ (एन्फा)का ६ खेलाडीसहित सयौंको मृत्यु भएकोमा दु:ख व्यक्त गर्दै उनले आफू केही समयमै नेपाल आउने जानकारी दिएका हुन् ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई पत्र पठाउँदै उनले पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका ६ युवा खेलाडीहरूप्रति पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । 

यसअघि सन् २०१२ मा फिफाका तात्कालीन अध्यक्ष सेप ब्लाटर नेपाल भ्रमणमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस