काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।
एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रूपमा हेरिने कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बुधबार दिउँसो ४ बजे बस्ने बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजकलाई दिइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, १९ : ०९
लेखकबाट थप