काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलिको लागि सारिएको छ। आगामी निर्वाचनलाई केन्द्रित गरेर बोलाइएको बैठक गृहकार्य नपुगेको भन्दै भोलिको लागि सारिएको हो। बैठक मंगलबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए।
एउटै चुनाव चिह्न र घोषणापत्रबाट लड्ने डा. बाबुराम भट्टराईसँगको सहमति र आगामी रणनीतिबारे पनि छलफल हुने बुझिएको छ। यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा फिर्ता पछि मौन रहेको माओवादीको बैठकमा थप छलफल गर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, १५ : ०१
लेखकबाट थप