काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अभिमुखीकरण कार्यक्रमका लागि देशभरबाट आएका पार्टीका जनप्रतिनिधिलाई सोमबार रात्रिभोज दिने भएका छन् ।
उनले सोमबार राति ललितपुरको हेरिटेज गार्डेनमा रात्रिभोज दिन लागेका हुन् । हेरिटेजमै काँग्रेसका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।
आफ्नै खर्चले काठमाडौं आउने र बसोबासको व्यवस्थापन मिलाएर आएका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले स्वागत गर्दै रात्रिभोज दिने कार्यक्रम रहेको काँग्रेस पार्टी कार्यालयले जनाएको छ। जनप्रतिनिधिलाई सोमबार विषयविज्ञले प्रशिक्षण दिएका छन् भने मंगलबार महामन्त्रीद्वय र प्रवक्ताले प्रशिक्षण दिएपछि कार्यक्रम सम्पन्न हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- भावी पुस्ताले बिर्सन नमिल्ने दिन ‘फागुन ७’
आज नेपालीको जीवनको सर्वाधिक महत्त्वको दिन हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीलाई संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन हस्तान्तरण
१५ बुँदामा भीम राववले गरे प्रधानमन्त्री ओलीमाथि हमला
तीनै तहका सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री ओली