निहारिका र उनको बालकलाई तत्काल न्याय दिन एमाले सांसद पालको माग

सफल खबर संवाददाता

आइतबार, २९ साउन २०७९, १३ : ५०
निहारिका र उनको बालकलाई तत्काल न्याय दिन एमाले सांसद पालको माग

काठमाडौं  नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपुत र नाबालक दुवैलाई सरकारले तत्काल न्याय दिलाउन माग गरेकी छन् ।आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पालले सरकारसँग यस्तो माग गरेकी हुन् । उनले सरकारले दोषी प्रमाण प्रशस्त हुँदासमेत निहारिकालाई न्याय दिन नसकेको आरोप लगाइन् । 

सांसद पालले बलात्कार हिंसामा परेका महिलालाई सरकारले तत्काल न्याय दिनुपर्ने बोलमा सरकार हराएर खोज्नुपर्ने अवस्था आएको बताइन् । उनले निहारिका नारीको अस्मितालाई खेलाउनाका रुपमा हेरी रहेको यो समाजलाई चुनौती दिने हिम्मत गर्दै अगाडि बढेको तर राज्य न्याय दिन नसकेको दाबी गरिन् । 

सांसद पालले निहारिका राजपुत आफूमाथि भएको बलात्कार र बलात्कार स्वरुपमा जन्मिएको सन्तान दुवैको न्यायका लागि पटक–पटक अनशन बस्दासमेत सरकारले डिएनए परीक्षण नगरेर पीडितलाई अझै पीडा दिएको बताइन् । उनले निहारिका र निर्मला पन्त जस्ता छोरीले न्याय कहिले पाउने सरकार भन्दै प्रश्न गरिन्  । 

सांसद पालले अहिले महिला आफ्नै घर,समाज र बाटोमा समेत सुरक्षित नभएको दाबी गरिन् । उनले बलात्कारबाट पीडितले ढिलो न्याय पाउन नपाउनु सरह भएको भन्दै निहारिका र अबोध बालकले अहिले नपाएको अधिकार कहिले पाउने सरकारलाई प्रश्न गरिन् । सांसद पालले यस्तो संवेदनशिल कुरामा सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस