काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपतिले नागरिकता विधेययक अहिलेसम्म प्रमाणीकरण नगरेकोमा आक्रोश व्यक्त गरेकी छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी दल विशेषको हो कि राष्ट्रको हो भनेर प्रश्न गरेकी छन्।
आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सिटौलाले उक्त प्रश्न गरिकी हुन्। नागरिकता अध्यादेश केपी ओली सरकारले ल्याउँदा तत्काल स्वीकृत भएको र अहिले भने बिलम्ब भएकोले यो प्रश्न उठेको बताएकी छन्।
‘तत्कालीन केपी ओली नेतृत्वको सरकारले वर्तमान सरकारले ल्याएको र संसद्मा पारित भएकै विधियेकको प्रावधान राखेर अध्यादेशमार्फत ल्याउँदा राष्ट्रपतिले त्यो अध्यादेशलाई तत्काल लालमोहोर लाउनु भयो तर त्यही विधेयेक संसद्बाट अनुमोदन भएर जाँदा अहिलेसम्म लालमोहर लाउनु भएको छैन। यो बिडम्बना छ,’ उनले प्रश्न गरिन्, ‘राष्ट्रपति जस्तो पदमा बसेर राष्ट्रपति दलको हुन्छ कि राष्ट्रको हुन्छ? म यो विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु।’
उनले कानुनको अभावमा नागरिकताविहीन नागरिकले आत्महत्या गर्नुपर्ने अवस्था रहेकोले सम्मानित पदमा बसेका व्यक्तिको यस्तो विषयमा तत्काल ध्यान जान जरुरी रहेको बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, १२ : २८
लेखकबाट थप