नेकपा एमालेका सांसद रामविर मानन्धरले काठमाडौं उपत्यकाको फोहोर उठ्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्। सांसद मानन्धरले काठमाडौंको फोहोर उठानका लागि एउटा शक्तिशाली समिति गठन गर्न सभामुखमार्फत् सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले काठमाडौंलाई अस्तव्यस्त र ध्वस्तबाट बचाउनका लागि शक्तिशाली समिति गठन गर्न माग गरेका हुन्। मानन्धरले काठमाडौंलाई व्यवस्थित गर्नका लागि आफ्नै नेतृत्वमा भए पनि समिति गठन गर्न माग गरे।उनले ६० दिनअघि काठमाडौंको फोहोरको बारेमा संसद्मा प्रस्ताव पेस गरेको बताउँदै ७१ दिनसम्म पनि फोहोर मैला नउठेको बताए।
सांसद मानन्धरले इच्छाशक्ति भएपछि मात्रै नेपालको फोहोर उठ्न सक्ने दाबी गरे। उनले संसद् भवनको वरिपरि हर्ने हो भने पानी चुहिएर बस्न नसक्ने अवस्था रहेको गुनासो गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ साउन २०७९, १२ : १४
लेखकबाट थप