प्रिमियर लिग फुटबल : एसी मिलानको विजयी सुरुवात

एजेन्सी

आइतबार, २९ साउन २०७९, ०८ : ३५
प्रिमियर लिग फुटबल : एसी मिलानको विजयी सुरुवात

एजेन्सी । प्रिमियर लिग फुटबलमा एसी मिलानले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा एसी मिलानले उडीनेसेलाई ४–२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन एन्टे रेविकले दुई गोल गरे । त्यस्तै थेओ हर्नान्डेज, ब्राहिम डिजाले एक–एक गोल गरे ।उता उडिनेसेका लागि रोर्डीगो बेकाओ र आडाम मासिनाले एक–एक गोल गरे ।

साविकको विजेता एसी मिलानले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ ।  यता उडिनेसेले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।आजनै भएको अर्काे खेलमा इन्टर मिलानले लेस्केलाई २–१ गोल अन्तरले हराउँदै प्रतियोगिताको सुुखद सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस