छुट्टाछुट्टै स्थानबाट १४ जुवाडे पक्राउ

सफल खबर संवाददाता

शनिबार, २८ साउन २०७९, १९ : ५६
छुट्टाछुट्टै स्थानबाट १४ जुवाडे पक्राउ

कठमाडौं । छुट्टाछुट्टै स्थानबाट १४ जुवाडे पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका(१० बालुवाखानी बस्ने ३९ वर्षीय डम्मर बहादुर गुरुङको घरमा जुवातास खेल्ने  ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी जुम्लाको तातोपानी गाउँपालिकाबाट ३० वर्षीय गोबिन्द बहादुर डाँगी समेत ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । यसैगरी कैलालीको गोदावरी नगरपालिका(२ शिवनगर टोलबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस