काठमाडौं । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक ३० र ३१ साउन काठमाडौंमा बस्ने भएको छ ।
बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीको सचिवालय, संगठन, प्रशिक्षण सम्बन्धि प्रतिवेदन, प्रदेश अध्यक्षहरूको साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, जनवर्गीय संगठनका प्रमुखहरुको प्रतिवेदन, आगामी संघ र प्रदेश निर्वाचनको तयारी र रणनीतिबारे बैठकमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
करिब तीन साताको बेलायत भ्रमण सम्पन्न गरि अध्यक्ष थापा भोलि स्वदेश फर्किदैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ साउन २०७९, १४ : ३३
लेखकबाट थप