एजेन्सी । हङकङको जनसंख्यामा अहिलेसम्मकै उच्च गिरावट आएको छ । बिहीबार त्यहाँको जनसंख्या तथा तथ्याङ्क विभागले जारी गरेको तथ्याङ्कमा जनसंख्यामा अहिलेसम्मकै उच्च गिरावट आएको हो । शहरको कुल जनसंख्या ७४ लाख १० हजारबाट घटेर ७२ लाख ९० हजार भएको छ । यो १.६ प्रतिशतको गिरावट हो ।
सन् १९६१ देखि त्यहाँको सरकारले जनसंख्याको आँकडा राख्न थालेको थियो । त्यसबेलादेखि अहिलेसम्म यहाँको जनसंख्या यति ठूलो दरमा नघटेको त्यहाँको सरकारी अधिकारीहरूले बताएका छन् । यद्यपि उनीहरूले प्राकृतिक कारणले नै जनसंख्या घटेको दाबी गरेका छन् ।
कोरोनाका कारण जन्मभन्दा बढी मृत्यु भएको र गतवर्ष देशमा भएको सामाजिक उथलपुथल र चीनको राजनीतिक दबावका कारण पनि पलायन हुनेको संख्या बढेर जनसंख्या कम भएको विज्ञ बताउँछन् ।
त्यहाँको अध्यागमन विभागका अनुसार पछिल्लो १ वर्षमा लगभग १ लाख १३ हजार २ सय मानिस हङकङबाट पलायन भएका छन् । एक वर्षअघि यो संख्या ८९ हजार २ सय थियो । तथ्याङ्कमा प्रवासी र गैर स्थायी बासी रहेको थिए ।
गतवर्ष कोभिड–१९ महामारीका कारण हङकङमा एकदमै धेरै प्रतिबन्ध लगाइएको थियो । यस्ता प्रतिबन्धले व्यवसायमा प्रत्यक्ष असर परेको र त्यहाँ व्यवसाय सञ्चालन गर्ने प्रवासीले देश छाडेको विशेषज्ञको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २७ साउन २०७९, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल हङकङसँग पराजित
नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
नेपाल हङकङसँग ७३ रनले पराजित
नेपाललाई हङकङले दियो २१३ रनको लक्ष्य
नेपालले टस जितेर हङकङविरुद्ध फिल्डिङ गर्दै
हङकङविरुद्ध नेपालले पहिले बलिङ गर्ने