खड्काको मुद्दा तामेलीमा राख्न अख्तियारको चलखेल

पत्रपत्रिकाबाट

आइतबार, २७ जेठ २०७५, ०७ : २२
खड्काको मुद्दा तामेलीमा राख्न अख्तियारको चलखेल

काठमाडौं । एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको छ ।

 अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने प्रतिवेदन तयार भइसकेको अवस्थामा अभियोगपत्र सच्चाएर मुद्दालाई तामेली मा राख्ने प्रयास सुरु गरिएको हो ।

यसैसाता राजीनामा दिएका निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायतलाई मुद्दा नचलाउने गरी फाइल तयार गर्न अख्तियार नेतृत्वले अनुसन्धान टोलीलाई निर्देशन दिएको छ । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस