व्यापार घाटा सवा ९ खर्ब

पत्रपत्रिकाबाट

आइतबार, २७ जेठ २०७५, ०७ : ११
व्यापार घाटा सवा ९ खर्ब

काठमाडौं । आयात उच्च र निराशाजनक निर्यातले चालू अर्थिक बर्षको १० महिनामा व्यापार घाटा सवा ९ खर्ब पुगेको छ ।

अघिल्लो बर्षको १० महिनाको तुलनामा करिब २२ प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ पुगेको हो ।

भन्सार विभागका अनुसार वैशाखसम्म १ सय ५२ मुलुकहरुबाट ९ खर्ब ८२ अर्ब ५४ रुपैयाँ सामाग्री आयात भएका छन् । आयात रकमको ६ दशमलव ७८ प्रतिशत अर्थात ६६ अर्ब ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । यो  खबर आजको कान्तिपुरमा छ

प्रतिक्रिया दिनुहोस