एजेन्सी । जलवायु परिवर्तनका कारण गर्मीको चर्को तापक्रमले पृथ्वीमा विनाश गरिरहेको छ । यसको पछिल्लो उदाहरण क्यानडाका दुई प्रान्त बनेका छन् । रिपोर्टअनुसार क्यानाडाको पूर्वी प्रान्त न्युफाउन्डल्याण्ड एन्ड ल्याब्राडोरको जंगलमा विगत दुई सातादेखि डढेलो लागिरहेको छ ।
उक्त प्रान्तका प्रधानमन्त्री एन्ड्र्यु फ्युरेले आपत्कालीन अवस्था जारी गरेका छन् । ‘पछिल्लो ३६ घण्टामा परिवर्तन भएका छन् । हामीले यसलाई व्यवस्थापन गर्न सक्छौं भन्ने भविष्यवाणी गरेका थियौँ । यद्यपि, हावाको परिवर्तनसँगै धुवाँको प्रभाव देखिने त्रास छ’, एन्ड्र्यु फ्युरेले एक विज्ञप्तिमा भनेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुईवटा छुट्टाछुट्टै जंगलमा लागेको आगलागीबाट कतिपय क्षेत्र ध्वस्त भएको छ । डढेलो न्युफाउन्डल्याण्डमा १२ हजार ३५५ एकड र प्याराडाइज लेकमा १६ हजार ६२ एकड भूभागको जंगल नष्ट गरेको छ ।
यस क्षेत्रमा फैलिएको ठूलो धुवाँले आगो निभाउने प्रयासलाई थप जटिल बनाइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २५ साउन २०७९, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडामा विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्री ट्रुडोको घोषणा
चीनबाट आउने सामानमा क्यानडाले लगायो २५ प्रतिशत कर
नेपाल क्यानडामा अभ्यास खेलमा पनि पराजित
काठमाडौँमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्र मन्त्री राणाको आग्रह
विदेशी विद्यार्थीलाई दिने अध्ययन अनुमतिमा थप कटौती गर्दै क्यानडा
नेपाल–क्यानडाबीच परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुँदै